जनकपुरधाम: साढे ११ बजेसम्ममा ३० प्रतिशत मत खस्यो

न्यूज डेस्क     २०७९ बैशाख ३०, शुक्रबार १३:५० बजे मा प्रकासित


धनुषा।

धनुषामा साढे ११ बजेसम्ममा ३० प्रतिशत मत खसेको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा साढे ११ बजेसम्ममा ३० प्रतिशत मतदाताले मतदान गरेको मधेस प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधन पन्थीले बताए ।

धनुषामा १८ वटा स्थानीय तहका लागि मतदान हुँदैछ। एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिका रहेको धनुषामा ४ लाख ९ हजार ९८५ जना मतदाता रहेका छन्।

धनुषामा केही स्थान बाहेक अन्य सबै स्थानमा शान्तिपूर्ण रुपले मतदान हुँदैछ ।

 

प्रतिक्रिया





Top