गठबन्धनका उम्मेद्धारको सुरुवाती अग्रता

न्यूज डेस्क     २०७९ बैशाख ३१, शनिबार ०९:२५ बजे मा प्रकासित


 

पाँचथरको फिदिम नगरपालिकामा गठबन्धनका उम्मेद्धारले सुरुवाती अग्रता लिएका छन्।

फिदिम १४ मा तीन सय तीन मत गणना गर्दा गठबन्धनबाट मेयर पदका उम्मेद्वर नेपाली कांग्रेसका मित्रप्रसाद काफ्लेलाई २९ मतको अग्रता लिएका छन्।

निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार पृथ्वी लावतीले एक सय २४ मत पाएका छन्।

उपमेरमा माओवादी केन्द्रका राधाकृष्ण न्यौपानेले एक सय ४६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी राप्रपाका जगत थापाले ९३ मत पाएका छन्।

वडाध्यक्षमा गठबन्धनमा राजकुमार नेम्बाङले एक सय ५० मत पाएका छन् भने एमालेका भिम फागोले एक सय १५ मत प्राप्त गरेका छन्।

अन्य गाउँपालिकामा समेत गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।

 

प्रतिक्रिया





Top